नेफ्टा अवार्डका निर्णायकद्वारा फिल्म अवलोकन शुरु


NEFTA AWARD (1)
ग्ल्यामर नेपाल, काठमाडौं। नेपाल चलचित्र प्राविधिक संघ(नेफ्टा)ले वार्षिक रुपमा गर्ने ‘नेफ्टा अवार्ड’ गत वर्षदेखि अन्तर्राष्ट्रियस्तरमा पु¥याएको छ। केही महिना अघि मलेशियामा सफल रुपमा अवार्ड सम्पन्न गरेको नेफ्टाले आगामी अवार्ड हङकङमा गर्ने तयारी द्रुत गतिमा अगाडि बढाएको छ। हङकङमा अवार्ड गर्नका लागि सम्भाव्यता अध्ययन गरिरहेको संस्थाले उक्त अवार्डमा सहभागी हुन उत्कृष्ठ फिल्मको छनौंटका लागि बिहीबारबाट राजधानीमा निर्णायकले फिल्म हेर्न शुरु गरेका छन्।

भरत शाक्यको संयोजकत्व रहेको निर्णायक मण्डलमा प्रभावकरदेव शर्मा, विश्वेस श्रेष्ठ, रक्षा सिंह राना र रामशंकर प्रधान छन्। निर्णायकले महिला छापामारको कथा रहेको फिल्म ‘उमा’ हेरेर फिल्मको मूल्यांकनको काम शुरु गरे । संघका अध्यक्ष मनोज केसीले अवार्डलाई सफल र विवादरहित बनाउन संघ कटिबद्ध रहेको बताए। उनका अनुसार २०७० सालमा दर्ता भएका करिब ६० फिल्म हेरेर उत्कृष्ठ पाँचको तालिका एक महिनाभित्र सार्वजनिक गरिनेछ।
NEFTA AWARD (2)
२०७१ सालको भदौ महिनासम्म आयोजना भैसक्ने ७ औं संस्करणको अवार्डको नेपाल संयोजकको जिम्मा एस. के. थापा फिल्म प्रोडक्सनले गर्दैछ। एस.के. थापा प्रोडक्सनका प्रमुख सुनिल कुमार थापासँगको सहकार्यमा एन.आर.एन हङकङका सचिव विनय शाह तथा त्यहाँका संघ संस्थाले हङकङ संस्करणको व्यवस्थापन गर्नेछ। सम्झौताका लागि नेफ्टा अध्यक्ष मनोज केसी र एस.के. थापा प्रोडक्सनका प्रमुख सुनिल कुमार थापा केही सातापछि हङकङ उड्नेछन्।

SUBSCRIBE 👉