आदित्यनारायणले गाए नेपाली गीत ‘फूल जस्तै’


आदित्यनारायण झा को पहिलो नेपाली आधुनिक गीत फूल जस्तै सार्वजनिक भएको छ। यसअघि थुप्रै चलचित्रका गीत गाईसकेका आदित्यको यहि पहिलो आधुनिक गीत रहेको गीतकार एवं निर्देशक सञ्जय बराल बताउछन्।

फूलको जस्तो वास्ना लिएर प्रमिका एक प्रेमीलाई भेट्न आउादा कस्तो हुन्छ होला भन्ने भाव मिसिएको उक्त गीतमा वुद्ध थापाको टीमले क्यामेरामा साथ दिएका छन् भने राजिव समरले कोरियोग्राफी गरेका छन्। त्यस्तै गीतको म्युजिक भिडियोमा केकी अधिकारी र  पुष्पल खड्काको  अभिनय रहेको छ।

SUBSCRIBE 👉