रिलीजको ११ औ दिनमा ‘छक्का पन्जा २’ ले कमायो १० करोड


Deepak Deepa

दशैंको अवसर पारेर रिलीजमा आएको फिल्म ‘छक्का पन्जा २’ ले रिलीजको ११ औ दिनमा १० करोड कमाएको छ । यसअघि फिल्म छक्का पन्जाले १०० दिनमा १६ करोड कमाउदै नयाँ रेकर्ड बनाएको थियो। ‘छक्का पन्जा २’ अहिले आफ्नो पहिलो भागको कलेक्सन रिपोर्ट तोड्ने दौडमा छ।

‘फिल्मले राजधानीमा भन्दा उपत्यका बाहिर उच्च कलेक्सन गरेको छ। फिल्मले ११ दिनमा ५ करोड ५० लाखको विजनेश गर्न सफल भएको थियो भने राजधानीबाट फिल्मले ४ करोड ५० लाख कलेक्सन गरेको छ।

दीपाश्री निरौलाले निर्देशन गरेको यो फिल्ममा स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, किरण केसी, वर्षा राउत लगायतका कलाकारहरुको अभिनय रहेको छ।

SUBSCRIBE 👉