‘ए मेरो हजुर २’ को सफलतापछि ‘भागवत गीता’ बनाउदै झरना थापा


‘ए मेरो हजुर २’ को सफलतापछि नायिका तथा निर्देशक झरना थापाले नयाँ चलचित्र ‘भागवत गीता’को निर्देशन गर्ने भएकी छन्। सुनिल कुमार थापाले निर्माण गर्ने ‘भागवत गीता’ को यो बर्षको अन्त्यबाट छायाँकन सुरु हुनेछ।

एक कार्यक्रमका बीच दाङमा बोल्दै थापाले ‘भागवत गीता’ नामक चलचित्र निर्देशन गर्न लागेको जानकारी दिएकी हुन्। साथै  ‘भागवत गीता’ पछी अर्को चलचित्र ए मेरो हजुरको तेश्रो सिक्वेल बनाउन सक्ने संकेत समेत देखाइन्।

‘ए मेरो हजुर २’ यो बर्षको सुपरहिट चलचित्र हो जहाँ साम्राज्ञी राज्य लक्ष्मी शाह र नव नायक सलिनमान बनियाँ जोडी बाधिएको थियो।

SUBSCRIBE 👉