हङकङ आइडल राज तामाङको ‘हाइ हेल्लो’


हङकङ आइडलको उपाधि विजेता गायक राज तामाङ आफ्नो नयाँ गीतको म्युजिक भिडियोका साथ दर्शकमाझ आएका छन्। आफ्नै शब्द तथा संगीतको ‘हाइ हेल्लो…’ शीर्षकको उक्त गीत डान्सिङ शैलीको छ। सञ्जीव बराइलीद्वारा संगीत संयोजन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई पार्टि थिममा छायांकन गरिएको छ।

भिडियोमा क्रिस्टिना थापा तथा साजन तामाङले आकर्षक नृत्य तथा अभिनय गरेका छन्। साजन नृत्यमा आधारित रियालिटी शो छमछमी–२ का विजेता पनि हुन्। ज्ञानेन्द्र शर्माद्वारा छायांकन गरिएको उक्त भिडियोको निर्देशन मिलन थापाले गरेका हुन्। भिडियोमा साजन थापाको कोरियोग्राफी छ।


हङकङ आइडल राज तामाङको ‘हाइ हेल्लो’ | Raj Tamang Music Video | Featuring Kristina Thapa


SUBSCRIBE 👉