मित्रता, प्रेम, आकर्षण र विछोड केन्द्रित ‘रोमियो’को ट्रेलर


‘ल्याङ ल्याङ’ बोलको गीतका कारण चर्चामा रहेको फिल्म ‘रोमियो’को ट्रेलर रिलिज गरिएको छ। एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्मलाई शंकर कार्कीले निर्देशन गरेका हुन्। फिल्मको ट्रेलरमा मित्रता, प्रेम, आकर्षण र विछोडलाई देखाइएको छ। ट्रेलरमा समावेश गरिएका केही संवाद मन छुने खालका छन्। मेलिना मानन्धर, हसनराजा खान, निशा अधिकारी, ओसिमा वानु लगायतका कलाकारको यो फिल्ममा मुख्य भूमिका छ।

निर्माता तथा नायक हसनराजा खान भन्छन्–‘हामीले नेपाली फिल्मको मेकिङ र कथालाई नयाँ धारमा अगाडि लैजान कोशिश गरिरहेका छौ। फिल्म हेर्दा दर्शक मायामा बग्नु हुनेछ।’ हसनले यो फिल्ममा निर्धक्क लगानी गरेको र दर्शकले हलमा पुग्दा पर्दामा देख्ने विश्वास व्यक्त गरे।

फिल्ममा ताराप्रकाश लिम्बु, सुनिल सन्डे, कुर्वान खान, योगेश काजीको संगीत, अष्ट महर्जनको एक्सन, शिशिर खाती, विपेन गुरुङ, सुरेश न्यौपानेको कोरियोग्राफी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, किरण माइकल घिमिरेको लेखन, रामेश्वर कार्कीको छायांकन छ। आशिका श्रेष्ठ निर्माता रहेको फिल्मका सह–निर्माता बिष्णु कार्की हुन्। यो फिल्म कात्तिक २४ गतेबाट प्रदर्शनमा आउंदै छ।

फिल्मको ट्रेलर हेर्नुहोस्

SUBSCRIBE 👉