कोरियामा नेपाली फिल्म अवार्ड हुने । ‘अन्तरराष्ट्रिय नेपाली फिल्म फेयर एकेडेमी अवार्ड’को घोषणा


दक्षिण कोरियामा पहिलो पटक नेपाली चलचित्रको अवार्ड आयोजना हुने भएको छ। काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सन् २०१८ को फ्रेवुअरीको दोश्रो हप्ता दक्षिण कोरियाको राजधानी सियोलमा पहिलो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म फेयर एकेडेमी अवार्ड’ आयोजना गर्न लागिएको जानकारी गराइएको छ।

यो अवार्डलाई गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, कोरिया (एनआरएनए कोरिया) र बक्स अफिस ग्रुप प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन्। ‘कार्यक्रम व्यवस्थापन’को सम्पूर्ण कार्य संगिक्षा फिल्मस्ले गर्नेछ।

आयोजकले सन् २०१७ को जनवरी १ देखि डिसेम्बरसम्म रिलिज भएका नेपाली चलचित्रलाई अवार्डमा सहभागिताका लागि दर्ता प्रक्रियामा सहभागी हुन आह्वान पनि गरेको छ। कुल २० विधामा अवार्ड प्रदान गरिने जानकारी पत्रकार सम्मेलनमा गराइएको छ।

कार्यक्रममा पूर्व सांसद मोहन राइले अवार्डको लोगो अनावरण गरेका थिए। यस्तै, निर्देशक मिलन चाम्स, नायिका पूजा शर्मा, नायक हसनराजा खान र गायक यूवराज चौलागाइले संयुक्त रुपमा अवार्ड घोषणाको उद्घाटन गरे।

अवार्ड समारोहमा चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय रहदै योगदान पु¥याउने एक जना श्रष्टालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिनेछ।

कार्यक्रममा बोल्दै आयोजक संस्था बक्स अफिस ग्रुपका जीएम बाबुराम लुइटेलले विदेशी बजारमा नेपाली चलचित्रको बजार विस्तारका लागि दक्षिण कोरियामा अवार्ड आयोजना गर्न लागिएको जानकारी दिए। उनले, यो अवार्डले नेपाली चलचित्रकर्मी सँग दक्षिण कोरियाका दर्शकले प्रत्यक्ष साक्षात्कार गर्न पाउने समेत बताए। यस्तै, संगिक्षा फिल्मस्का प्रमुख मनोज केसीले आफूहरुलाई दिइएको जिम्मेवारी आफ्नो टिमले कुशलतापूर्वक निर्वाहा गर्ने बताए।

कार्यक्रममा चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदय, चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र निर्माता संघका बरिष्ठ उपाध्यक्ष केशव भट्टराई, चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा लगायतले शुभकामना दिएका थिए।

यो अवार्डमा प्रदान गर्न लागिएका विधाहरुमा चलचित्र, निर्देशक, नायक, नायिका, सह–अभिनेता, सह–अभिनेत्री, नव–अभिनेता, नव–अभिनेत्री, नव–निर्देशक, खलपात्र, हा“स्य कलाकार, लेखन, पाश्र्व गायक, संगीतकार, गीतकार, छायांकार, सम्पादक, कोरियोग्राफर र द्धन्द्ध निर्देशक रहेका छन् । बक्स अफिस ग्रुपका निर्देशक यज्ञराज सेडाइले अवार्डलाई भव्य र सव्य रुपमा आयोजना गर्ने बताए। आयोजकले नयाँ बर्षको जनवरीमा उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गर्ने बताएको छ।

यो अवार्डको जुरी संयोजकमा पत्रकार भरत शाक्य रहेका छन्। उनले, नयाँ तरिकाले यसपटक आफूहरुले चलचित्रको मुल्यांकन गर्ने भन्दै त्यसको बारेमा जानकारी पछि गराउने बताए।

‘अन्तरराष्ट्रिय नेपाली फिल्म फेयर एकेडेमी अवार्ड’ घोषणा कार्यक्रमको भिडियो हेर्नुहोस्।

SUBSCRIBE 👉