आर्यन र रेखाको निकटताले ‘रुद्रप्रिया’को प्रिमियरमा रौनकता । फोटो / भिडियो


कार्तिक २ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘रुद्रप्रिया’को प्रिमियर काठमाण्डौको कुमारीहलमा आयोजना गरिएको छ। चलचित्रको प्रिमियर शो कार्यक्रममा सबैभन्दा बढी आकर्षणको केन्द्र रहे नायिका रेखा थापा र नायक आर्यन सिग्देल। आर्यन र रेखाको घनिष्टता चलचित्र प्रिमियरमा ८ बर्षपछि पहिलो पटक देखियो।

रेखा फिल्मस् र आर्यन फिल्मस मिलेर निर्माण गरेको यो चलचित्रलाई सुदिप भूपाल सिंहले निर्देशन गरेका हुन्। ‘रुद्रप्रिया’मा नायक आर्यन र नायिका रेखा थापाको प्रेमलाई देखाइएको छ। साथमा, चलचित्रका अर्का मुख्य कलाकार राजन इशानको पावरफूल भूमिकाले चलचित्रलाई विशेष बनाएको छ।

चलचित्र हेर्नका लागि चलचित्रकर्मी, पत्रकार, कलाकारको बाक्लो भिड हलमा देखिएको थियो।
भिडियोमा हेर्नुहोस् रेखा र आर्यनको ‘रुद्रप्रिया’ प्रिमियरको रौनकता।


तस्विर तथा भिडियो : संजय शाक्य / ग्ल्यामर नेपाल डट कम

SUBSCRIBE 👉