ट्वीटरमा अभि – ऐश डिभोर्स !


aishworya-abhisekh-divorce
केही समय अघि बलिउडका क्रिस नायक ऋतिक रोशन र उनकी पत्नी पुजैनको सम्बन्धविच्छेदको समाचारले बलिउड बजार तातिरहेको बेला पुनः अर्को चर्चित जोडी अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको पनि डिभोर्स हुने हल्लाले बजार तातेको छ। सामाजिक सञ्जालमा फैलिएको खबरलाई पत्याउने हो भने अभिषेक–ऐश जोडीबीचको सम्बन्ध केही समयदेखि बिग्रिरहेको छ।

पछिल्लो समयमा ऐश्वर्याको विषयलाई लिएर बलिउड बजार निकै तातिएको छ। केही समय अघि अम्बानीको पार्टीमा ऐश र अभिषेक बीच झगडा भएको खबर आएको थियो। समाचार अनुसार ऐश र जयाबीच मतभेद बढ्दै गएको छ। जयाले ऐशको जिन्दगीमा निकै दखल दिन थालेकी छन्, जसकारण ऐशले निकै असहज महशुस गर्न थालेकी छन्। उनी जयादेखि यति आजित भईसकेकी छन् कि उनले पति अभिषेकको साथमा घर छोड्ने मनस्थिति नै बनाइसकेकी छन् । तर केही दिन अघि अभिषेकले यी सबै समाचारको खण्डन गरेका थिए।

अहिले सामाजिक सञ्जाल ट्वीटरमा यो जोडीबीच सम्बन्धविच्छेद भएको खबर सार्वजनिक हुन थालेको छ। तर अभिषेकले ट्वीटरमा आएका कुरा प्रति रोष प्रकट गर्दै आफ्नो दोस्रो विवाह कहिल्ये हुने हो त्यो पनि खुलाईदिन आग्रह गरेका छन्। ऐश्वर्या र अभिषेकको जोडी बलिउडमा सर्वाधिक आकर्षक जोडी मानिन्छ।

SUBSCRIBE 👉