ट्रेलर रिलिज कार्यक्रममा नै बेनिशाले सौगातलाई जुरुक्कै बोकेपछि…


अभिनेत्रीको रुपमा परिचित निशा अधिकारी फिल्म ‘झ्यानाकुटी’ मार्फत निर्मात्रीको रुपमा देखिदै छिन्। इलम निर्माणमा उनलाई निर्देशक सिमोश सुनुवारले साथ् दिएका छन्। मङ्सिर १ गते बाट प्रदर्शनमा आउने निशाको फिल्म ’झ्यानाकुटी’ को ट्रेलर रिलिज गरिएको छ। ट्रेलरमा फिल्मका दुइ पात्र सौगात मल्ल र बेनिशा हमाललाई प्राथमिकता दीईएको छ।

‘झ्यानाकुटी’ ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

सिमोश सुनुवार निर्दे्शित यो फिल्मको ट्रेलर रिलिज कार्यक्रममा फिल्म युनिटले फोटो कन्टेस्टको घोषणा समेत गरेको छ। फिल्मको पोष्टरमा बेनिषाले सौगातलाई बोके झैँ आफ्नो प्रेमी वा श्रीमानलाई बोकेको तस्वीर प्रेमिका वा श्रीमतीले फेसबुकमा पोष्ट गर्नु पर्ने हुन्छ। तस्वीर पोष्ट गर्दा #jhyanakuti / #november17 पनि लेख्नु पर्नेछ।

फोटो कन्टेस्टको समयावधि झन्डै एक महिना राखिएको छ। पोष्ट गरिएको तस्वीरमा आएको लाइकको आधारमा विजेता छानिनेछ। सबै भन्दा बढी लाइक आउने तस्वीरको जोडीलाई ५१ हजार प्रदान गरिने निर्माण पक्षले बताएका छन्।

नायिका निशा अधिकारीले कार्यक्रममा बोल्दै भनिन् – ‘कलाकारिताको अनुभव संगाल्दै निर्मात्री बनेकी छु। कथा मन परेको कारण नै हामीले यस फिल्मलाई निर्माण गरेका हौ। मैले र सिमोसदाइले फिल्म निर्माण गर्ने भनेपछि यो कथा पाएका थियौ। फिल्ममा श्रीमान र श्रीमतीको कथालाई देखाएका छौ, जसले कहिँ हसाउछ भने कहिँ रुवाउछ।’

यस्तै फिल्मकी नायिका बेनिषा हमालले आफु यस फिल्मको लागि केहि मोटाएको बताईईन। उनले भनिन् -‘कलाकारले बनाएको फिल्म भएर पनि होला निकै मेहनत गर्नु भएको छ अनि फिल्म राम्रो बनेको छ। फिल्ममा गाउले युवतीको भूमिकामा छु। जसले प्रेमिका हुदै श्रीमती अनि आमाको भूमिका निर्वाह गर्छे। आशा छ दर्शकहरुले पक्कै रुचाउनु हुनेछ।’

फिल्मका मुख्य मात्र अभिनेता सौगात मल्लले यो फिल्म युनिटसंग काम गर्न पाउदा रमाइलो भएको अनुभव सुनाए। ‘फिल्ममा म प्रेमी हुदै श्रीमान र बच्चाको बुवा बन्छु। त्यो प्रोसेसमा आउने अवस्थाले दर्शकलाई हसाउछ भने रुवाउछ पनि।’ उनले भने – ‘धेरै कुरा ट्रेलरमा नै देखि सक्नु भएको छ, आश छ यसलाई तपाइले रुचाउनु हुनेछ।

फिल्मका निर्देशक सिमोश सुनुवार भन्छन -‘कथा मन परेकै कारण हामीले फिल्म बनाएका हौ। यसमा हामीले एउटा जीवन देखाएका छौ, जहाँ प्रेमी प्रेमिका हुदै श्रीमान श्रीमती बन्छन अनि जीवनमा माया मात्र हुदै त्यहाँ आउने अवस्थाले धेरै तथ्यलाइ निम्त्याउछ। मङ्सिर १ मा फिल्म रिलिज हुन्छ, हेरेर प्रतिक्रिया दिनु होला।’

‘झ्यानाकुटी’ ट्रेलर रिलिज कार्यक्रमको रमाईलो भिडियो हेर्नुहोस्

तस्विर तथा भिडियो : संजय शाक्य / ग्ल्यामर नेपाल

SUBSCRIBE 👉