उत्कृस्ट गीत / संगीत र दमदार डाईलग – चलचित्र ‘ऐश्वर्य’


‘तिमि रोएको पल’ गीत रिलिज भएदेखिनै चर्चामा रहेको फिल्म हो ‘ऐश्वर्य’। अर्जुन पोखरेलको संगीत र शब्द रहेको यो गीतमा सुगम पोखरेल र अन्जु पन्तले स्वर भरेका छन्। यो गीतले यसको हाईप फिल्मको बढाउनमा मात्र सहयोग गरेन फिल्मका अभिनेता रमेश उप्रेतीको नयाँ लुक्स र डेब्यु अनुहार दीपिका प्रसाईंलाई चिनाउन समेत मदत गर्यो।

जोमसोम, मुस्ताङ, पोखरा लगायतका मनोरम दृश्यमा छायाँकन गरिएको गीतलाई सुदीप बरालले खिचेका हुन् भने तेन्जु योन्जन र एन्जिला खत्रीले कोरियोग्राफी गरेका हुन्। यो गीतलाई युट्युबमा ३५ लाख भन्दा बढी पटक हेरिएको छ। (गीत हेर्न यहाँ क्लिक गर्नुहोस्)

गीतपछी निर्माण टीमले सार्वजनिक गरेको ट्रेलरले पनि निकै राम्रो चर्चा पायो। ट्रेलर सार्वजनिक भएसंगै मेकिङको चर्चा मात्र भएँन, ट्रेलरमा एखिएका द्रिस्य र डाईलग पनि दर्शकहरुले निकै मन पराए। फिल्मका कलाकारहरु रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाईं, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, तेन्जु योन्जन, अर्जुन जंग शाही लगायतको अनुहार ट्रेलरमा देखिए पनि रमेश र प्रशान्तको संवादले औधि चर्चा पायो। (ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्)

निर्देशक दिवाकर भट्टराईकै लेखनमा तयार भएको फिल्ममा रमेश र प्रशान्त बीचको टक्कर देखाइएको छ। फिल्म कार्तिक ९ गतेबाट रिलिज हुँदैछ।

SUBSCRIBE 👉