होटल समिटमा वर्षा र रञ्जनको रोमान्स


barsha-siwakoti-ranjan-rijal-romance
ग्ल्यामर नेपाल, काठमाडौं । मोडल वर्षा शिवाकोटी र रञ्जन रिजाल रोमान्स गर्दै गर्दा होटल समिटमा भेटिएका छन्। साहित्यकार एवं रचनाकार अनल गौतमको शब्द र राज सागरको संगीत तथा स्वरमा तयार भएको ‘छौ कहाँ तिमी कहाँ’ बोलको गीतको म्युजिक भिडियोमा रोमान्स गर्ने क्रममा उनीहरुलाई त्यहाँ भेटिएको हो।

anal-gautam-barsha-siwakoti-ranjan-rijalउक्त गीतको म्युजिक भिडियोले उच्च घरानाको युवकको वियोगान्त कथालाई समेटेको छ। भिडियोलाई संचारकर्मी विधान कार्कीले निर्देशन गरेका हुन् भने छायाँकन ज्ञानेन्द्र शर्माले गरेका हुन्। निर्देशक बिधान अरनिको टेलिभिजनमा कार्यरत छन्।

स्मरण रहोस् >> म्युजिक भिडियो निर्माणमा पछिल्लो समयमा सञ्चारकर्मीहरुको प्रवेश बढिरहेको छ। भुषण दाहाल, प्रदिप निरौला, नरेश भट्टराई, सुब्रत आचार्य, विदुर खतिवडा, समन अधिकारी, सुरज श्रेष्ठ, सुरजसिंह ठकुरी जस्ता नाम चलेका सञ्चारकर्मीहरुले म्युजिक भिडियो निर्देशन गरिरहँदा केही नयाँ अनुहारका सञ्चारकर्मीहरु पनि भिडियो निर्देशनमा जुटेका छन्। केही समय अघि सेलिब्रेटी नेपाल डटकमका पत्रकार रघुनाथ सापकोटाले म्युजिक भिडियो निर्माण गरेको महिनादिन बित्न नपाउँदै अरनिको टेलिभिजनमा कार्यरत पत्रकार विधान कार्कीले पनि नयाँ म्युजिक भिडियो निर्देशन गरेका छन्।

SUBSCRIBE 👉