ट्रेलरमा एस्तो छ – कमेडीयन कपिल शर्माको फिल्म ‘फिरंगी’


बलिउडका हास्यँ अभिनेता कपिल शर्मा अभिनित फिल्म ‘फिरंगी’को ट्रेलर रिलिज भएको छ। कमेडि जनरामा निर्माण भएको यो फिल्मका निर्माता कपिल शर्मा नै हुन्।

राजिव धिगंराले निर्देशन गरेको फिल्म ‘फिरंगी’ ब्रिटिसले भारतलाई उपनिवेश बनाएको कथामा अधारित छ। यो फिल्म कपिलको सेरोफेरोमा घुमेको छ जो ब्रिटिस उपनिवेशले भारतमा कुनै हानी हुदैँन भन्ने धारणा राख्छ। उसको धारणामा त्यति बेला मात्र परिवर्तन देखिन्छ जब उनी इसिता दत्तको प्रेममा पर्छन् र उनको पिताले उनी ब्रिटिसहरु प्रति झुकाव राख्ने व्यक्ति भएको हुँदा उनको प्रेमलाई अस्विकार गर्छन्।

कपिलले २०१५ मा ‘किस किसको प्यार करुं’ फिल्ममार्फत बलिउड फिल्ममा डेब्यु गरेका थिए। अब्बास-मस्तानको निर्देशनमा बनेको उक्त फिल्म पश्चात दुई वर्षपछि ठूलो पर्दामा फर्किन लागेका उनले इशिता दत्ता र मोनिका गिलको साथ जोडी जमाउँदै छन्।

के नाइन प्रोडक्सनबाट निर्माण भएको फिल्म ‘फिरंगी’ नोभेम्बर २४ मा रिलिज हुनेछ।

ट्रेलर हेर्नुहोस्

SUBSCRIBE 👉