‘ऐश्वर्य’ पाउन रमेश र प्रशान्तले मात्र होईन, फिल्म युनिटले नै काठमाडौँको फन्को मार्यो!


‘ऐश्वर्य’ पाउन रमेश र प्रशान्तले मात्र होईन, फिल्म युनिटले नै काठमाडौँको फन्को मारेको छ। फिल्म रिलिजको अघिल्लो दिन फिल्म ‘ऐश्वर्य’ युनिट, निर्देशक दिवाकर भट्टराईसंगै कलाकारहरु रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाईं, विकास खतिवडा, तेन्जु योन्जन, निर्मल शर्मा, अमृत पोखरेल लगायतले ‘फिल्मोको पोस्टर / ब्यानर सहित टाटा मोटर्सका पाँच नयाँ गाडीमा राजधानीको फन्को लगाएका हुन्। टाटा मोटर्स संगको सहकार्यमा ‘ऐश्वर्य’को रौनक अझ बढाउन थापाथलीबाट सुरु भएको मोटर र्यालीले रिंगरोड एक फन्को लगाएको थियो।

फिल्मको ट्रेलर र गीतसं -गीतले चर्चामा रहेको फिल्म युनिटले र्यालीको क्रममा फिल्म प्रतिको जिज्ञाषालाइ मेटाउदै कार्तिक ९ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई हेरेर प्रतिक्रिया दिन आग्रह गरे।

ऐश्वर्य प्राप्तिको लागि गरिने संघर्षलाई कथा वस्तु बनाइएको फिल्मलाई अर्जुन श्रेष्ठ र किरण राणा उप्रेतीले निर्माण गरेका हुन्। निर्मल शर्मा सह निर्माता रहेको फिल्मलाई राजेश श्रेष्ठ र सुदीप बरालले खिचेका छन् भने यसमा अर्जुन पोखरेल र विराज गौतमको संगीत रहेको छ। डिसीएन अल नेपाल वितरक रहेको फिल्म एक सय भन्दा बढी हलमा एकसाथ रिलिज हुँदैछ।

तस्विर सौजन्य: विवेक बस्याल

SUBSCRIBE 👉