नेपाली वीर सेनाहरुको कथा, बिरताको चिनो २ ‘कथा नालापानिको’


निर्देशक तथा चलचित्र लेखक शिबम अधिकारीले चलचित्र बिरताको चिनो २ ‘कथा नालापानिको’ निर्माण गर्ने भएका छन्। यस अघि उनको लेखन तथा निर्देशनमा नालापानि नामको चलचित्र निर्माण हुने भनिए पनि अब उनले उक्त चलचित्रको साटो बिरताको चिनो २ ‘कथा नालापानिको’बनाउन लागेका हुन्।

निर्देशक अधिकारीकै निर्देशनमा बनेको चलचित्र ‘पंचायत’ फागुन १७ गते बाट प्रदर्शनमा आउदै छ। बिगत ५ बर्ष देखि नेपाल भारतका विभिन्न स्थानहरुमा पुगेर चलचित्रको कथा बस्तुको बारेमा रिसर्च गरिएको र चलचित्र लाई सक्दो उत्कृस्ट बनाउने निर्देशकको भनाइ छ। नालापानिको युद्दमा नेपाली वीर सेनाहरुले देखाएको बिरताको कथा नै चलचित्रको मुख्य बिषय बस्तु रहेको छ।

अधिकारीको लेखन समेत रहेको बिरताको चिनो २ ‘कथा नालापानिको’लाई श्याम कार्कीको प्रस्तुतिमा सुनिल लामाले निर्माण गर्न लागेका हुन्। श्याम कार्कीले यस अघि बिरताको चिनो चलचित्र निर्माण गरि सकेका छन्। चलचित्रको बजेट भने ठुलै हुने निर्माता श्याम कार्कीले बताएका छन् भने अर्का निर्माता सुनिल लामा देशभक्ति चलचित्र निर्माण गर्न पाउदा आफुलाई गर्ब लागेको बताएका छन्।

चलचित्रमा रमित ढुंगाना, गणेश गिरि, श्रीदेव भट्टराई, श्याम कार्की, सुनिल लामा, केशब सापकोटाको अभिनय रहने चलचित्रको बाँकी कलाकारहरु अडिसन बाट छानिने भएको छ। माघ बाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्रमा नयाँ अनुहारहरुको बाहुल्यता रहने बताईएको छ।

हेटौडा, सिन्धुली र काठमाडौँमा छायाँकन हुने चलचित्रमा रामेश्वर कार्कीको छायांकन, मणि थापाको संगीत, चन्द्र पन्तको द्वन्द रहनेछ।

SUBSCRIBE 👉