अशिष्मा र आमेशको रोमान्स । हेर्नुहोस् ‘मेला’को रोमान्टिक गीत


चलचित्र ‘मेला’ गीतसंगीतका कारण चर्चामा छ। ‘परिचय बोलको लोक लयको गीतदेखि पार्टी गीतलाई दर्शकले रुचाइसकेका छन्। चलचित्रको ट्रेलरले पनि युटुबमा राम्रै दर्शक बटुलेको छ। अब, यो चलचित्रको अर्को एक रोमान्टिक गीतको भिडियो रिलिज गरिएको छ।

कात्तिक २४ गतेबाट रिलिज हुने चलचित्रको ‘यो मुटुमा अब तिम्रै’ बोलको गीतको भिडियो रिलिज गरिएको हो। चलचित्रको यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, पुरुषोत्तम सुवेदी र स्वेच्छा ठकुरीको स्वर छ।

चलचित्रको यो गीतको भिडियोमा नायक आमेष भण्डारी र नायिका अशिष्मा नकर्मीलाई फिचरिङ गरिएको छ। यो गीतको भिडियोमा मा दिव्य सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी छ। चलचित्रमा नायक सलोन बस्नेतको पनि मुख्य भूमिका छ।

सलोनको कमेडी पाटोले दर्शकलाई हँसाउने निर्माण पक्षको विश्वास छ। तिन साथी, उनीहरुको मित्रता, करिअरको उतारचढाव र विछोडको कथालाई चलचित्रले प्रस्तुत गरेको छ।

मनोज के मरोडियाको लगानी रहेको चलचित्रका प्रस्तुतकर्ता हरि पन्त हुन्। बसन्त निरौलाले यो चलचित्रको निर्देशन गरेका हुन्। चलचित्रको यो गीतको शब्द, संगीत उत्कृष्ट छ। यसले दर्शकको मन जित्न सक्ने विश्वास संगीतकार अर्जुन पोखरेलले लिएका छन्।

SUBSCRIBE 👉