Halloween Day को छेकोमा बाहिरियो ‘सुनकेशरी’को पोस्टर । हेर्नुहोस् – ऋचाको डरलाग्दो रुप


फरक धारका चलचित्रहरुमा अभिनय र अलग रुपमा आफुलाई प्रस्तुत गर्न रुचाउने अभिनेत्री हुन् – ऋचा शर्मा। पछिल्लो समय उनि चलचित्र निर्माणमा समेत अघि बढ्दै छिन्। केहि समय अघि उनले निर्देशक अपर्ण थापा सँग मिलेर ‘आधा लभ’ नामक चलचित्र निर्माण गरेकी थिइन, सोहि फिल्ममा उनको अभिनय पनि गरेकी थिइन्।

यतिबेला उनको लगानी र अभिनय रहेको अर्को चलचित्र ‘सुनकेशरी’को पोस्टर बाहिरिएको छ। एकै खालका २ पोस्टरमा ऋचालाई फरक रुपमा देखाईएको छ। एक पोस्टरमा उनलाई सामान्य रुपमा हेर्न सकिन्छ भने अर्को पोस्टरमा उनलाई डरलाग्दो रुपमा प्रस्तुत गरिएको छ।

अर्पण थापा निर्देशीत यो चलचित्रमा उनको डरलाग्दो भूमिका छ वा छैन खुलिसकेको छैन। तर अक्टोबर ३१, पश्चीमेली कृष्चियन धर्मावलम्विहरुले मनाउने फेस्टिवल ‘हलविन डे’ (Halloween Day) को अवसर पारेर चलचित्रको पोस्टरमा ऋचा शर्मालाई डरलाग्दो रुपमा प्रस्तुत गरिएको हो। यो ‘हलविन डे’मा पश्चीमेली कृष्चियन धर्मावलम्विहरुले दिवंगतहरुको सम्झना गर्दै, शान्तिको प्राथर्ना गर्ने गर्दछन।

यो चलचित्रको सम्पूर्ण छायाँकन अस्ट्रेलियामा गरिएको छ। ऋचाले यो चलचित्र भीम न्यौपानेसँग सहकार्य गर्दै निर्माण गरेकी हुन्। यस अघि फिल्म निर्देशक थापासँग मिलेर ऋचाले ‘आधा लभ’ निर्माण गरेकी थिइन्। चलचित्र निर्माण पक्षले सन् २०१८ को अप्रिलमा ‘सुनकेशरी’ रिलिज गर्ने लक्ष्य राखेका छन्।

ऋचा शर्माको फरक रुप यो नै पहिलो भने होइन। चलचित्र ‘टलक जंग VS टुल्के’ मा उनि ‘फुली’ को रुपमा देखीएकि थिइन्। हेर्नुहोस् – ‘फुली’ रुपमा अभिनेत्री ऋचा शर्माको तस्विर।

त्यस्तै अर्को चलचित्र ‘को-आफ्नो’ मा पनि ऋचा विल्कुलै फरक अवतारमा प्रस्तुत भएकी थिइन्। हेर्नुहोस् तस्विर।

SUBSCRIBE 👉