अन्नपुर्ण बेसक्याम्पमा सम्राज्ञी … सँग ?


चलचित्र ‘ड्रिम्स’को सफलता संग संगै नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको चर्चाअनि एकाएक चुलियो। उनले अभिनय गरेको ‘ए मेरो हजुर २’ ले पनि नेपाली सिने नगरीमा राम्रो व्यापार गर्न सफल भयो। साम्राज्ञी अभिनित दुई चलचित्र सुपरहिट भएपछी एतिबेला फिल्मी बजारमा उनको डिमाण्ड ह्वात्तै बढेको छ। थुप्रै चलचित्रहरुको अफर उनलाई आई रहेकाछन। अफर आएका मध्ये केही चलचित्र खेल्ने मौखिक सहमती मात्रै साम्राज्ञीले गरेकी छिन।

सम्राज्ञी अभिनित अर्को चलचित्र ‘तिमि सँग’ सम्पूर्ण छायाँकन सकिएको छ। टुरिष्ट गाइडको प्रेम कथा बाल्ने प्रेमकथात्मक चलचित्रको शिर्ष गीतको छायाँकन अन्नपुर्ण बेस क्याम्प र वरपरका मनोरम दृश्यहरुलाई समेट्दै यो चलचित्रको छायाँकन सक्किएको हो। चलचित्रमा साम्राज्ञीसँगै आकाश श्रेष्ठ, नाजिर हुशेन लगायतका कलाकारहरुमो मुख्य भुमिका छ।

चलचित्र प्रति साम्राज्ञी निक्कै आशाबादी छिन। चचित्रको क्यानभास मनमोहक छ, संगीत पक्षले पनि दर्शक स्रोताको मन जित्ने उनले आश राखेकी छिन।

निर्देशक शिशिर राणा नेपाली चलचित्रमा अन्नपुर्ण बेस क्याम्पको सुन्दर दृश्य कैद गर्न पाउँदा भाग्याशाली महशुष गरी रहेका छन। पुनहिल, घोरोपनी, देउराली, घान्दु्रक लगायतका क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत चलचित्रले महत्वपुर्ण भुमिका खेल्ने निर्माता तथा लेखक समेत रहेका राणाले विश्वास लिएका छन।

SUBSCRIBE 👉