‘बटरफ्लाई’मा आर्यन र प्रियंकाको बोल्ड दृश्य । तस्विरहरु हेर्नुहोस्


ओमप्रतिक गुरुङ को निर्देशनमा निर्माण भईरहेको चलचित्र ‘बटरफ्लाई’को छायाँकन सकिएको छ। चलचित्रको एक गीत छायांकन भएसँगै फिल्मको सम्पुर्ण छायांकन सकिएको निर्माण पक्षले बताएको छ। ‘मायाका रङहरु’ बोलको गीतमा लिड अभिनेता आर्यन अधिकारी र अभिनेत्री प्रियंका कार्कीले रोमान्टिक दृश्यहरु दिएका छन्।

चिसिँदो मुडेको मौसममा खिचिएको गीतमा प्रियंका र आर्यनको केहि बोल्डलाग्ने दृश्यहरु हामीले यहाँ प्रस्तुत गरेका छौ। प्राप्त तश्विरमा उनलाई आर्यनको अंगालोमा भेट्न सकिन्छ। केहि दिन पहिले मात्रै खिचिएको उक्त गीत छिट्टै नै रिलिज गर्ने निर्माण पक्षले बताएको छ।

पुष्पान्जली अधिकारी(सखा ), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति हुन्। सुरेश बज्राचार्यले खिचेको यो चलचित्रमा कोरियोग्राफी कविराज गहतराजको छ। आउँदो पौष २८ मा यो चलचित्र रिलिज हुँदैछ।


SUBSCRIBE 👉