दुई रणवीरको नायिका बन्दै दीपिका


dipika-padukone-hot
बलिउडकी सुन्दरी नायिका दीपिका पादुकोणकालागि नायक रणवीर कपुर अतित नै भइसकेका छन्। तर यो जोडी आमदर्शकको रुचाईमा पर्छन् र यो जोडीको कारण फिल्मले राम्रो व्यापार पनि गर्छ। ‘ये जवानी हे दीवानी’ मा देखिएको यो जोडीको केमेष्ट्रीले दर्शकलाई मोहित नै बनाएको थियो। कपुरसँग भएको पादुकोणको केमेष्ट्री उस्तै नाम भएका रणवीर सिंहसँग चाहिँ मिल्न सकेन। पछिल्लो फिल्म ‘….रामलीला’मा अभिनय गरेका दीपिका र रणवीर यो फिल्मको प्रदर्शन आएपछि डेटिङ चलेको पनि हल्ला आएको थियो।

तर रमाइलो कुरा के छ भने दीपिका यो वर्ष पूर्व प्रेमी र वर्तमान प्रेमीका साथ एउटा फिल्ममा काम गर्ने भएकी छन्। आगामी नोभेम्बरमा इम्तियाज अली रणवीर र दीपिकाको साथमा आफ्नो फिल्म शुरु गर्दैछन् भने सञ्जयलिला भन्सालीको फिल्म ‘बाजीराव मस्तानी’ यसै महिनाबाट शुरु हुँदैछ। दुवै फिल्ममा दीपिका नायिकाको भूमिकामा देखिँदैछिन्। यी दुवै फिल्ममा नायकसँग रोमान्स गर्नुपर्ने भएकाले पनि दीपिकालाई चुनौति निकै थपिएको छ।

SUBSCRIBE 👉