‘कागजपत्र’मा नाजिर र शिल्पाको जोडी


चलचित्र झुम्की निर्देशन गरेका निर्देशक अपिल बिस्टको लेखन तथा निर्देशनमा नयाँ चलचित्र निर्माण हुने भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नयाँ चलचित्र ‘कागज पत्र’ को घोसणा गरिएको हो। वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिब्युसन प्रा.लिको प्रस्तुति रहने चलचित्रलाइ खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी, प्रजापति सिवाकोटीले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन्।

प्रेमकथात्मक यो चलचित्रमा भोलाराज सापकोटा, सरिता गिरी, नाजिर हुसेन, शिल्पा मास्के, आर्जेश रेग्मी लगायतका कलाकारको मुख्य अभिनय रहने छ। विशारद बस्नेत कार्यकारी निर्माता रहेको चलचित्र दाङ, तुलसीपुर साथै काठमाडौँ आसपासको क्षेत्रमा छायाङ्कन हुने निर्माण पक्षले जानकारी दिएको छ। यसअघि चलचित्र ‘झुम्की’ पनि दाङ, बाँके लगायतका जिल्लामा खिचिएको थियो।
भिडियो र तस्विर: संजय शाक्य / ग्ल्यामर नेपाल

SUBSCRIBE 👉