बेलायतमा ‘ह्याप्पी डेज’ रेड कार्पेट प्रिमियर । भिडियोमा हेर्नुहोस् प्रियंका कार्कीको क्रेज


निर्देशक मिलन चाम्स निर्देशित प्राय फिल्महरुको लन्डन (बेलायत) मा पहिलो शो हुने गरेको छ। मिलन चाम्स निर्देशित फिल्म “ह्याप्पी डेज” को लन्डन स्थित प्रिन्सेस हलमा भब्य रेड कार्पेट प्रिमिएर सो सम्पन्न भएको छ। यो फिल्म लन्डनमा नै छायांकन गरिएको हो।

फिल्मको प्रिमीएरका लागी फिल्मकि नायिका प्रियंका कार्की लन्डन पुगेकी थिइन्। नायिका प्रियंका कार्कीलाई प्रतक्ष्य हेर्नका लागि दर्शकहरु उत्साहित देखिए। प्रियंका आकर्षक पहिरनका साथ रेड कार्पेटमा पुगेकी थिइन्।

यो फिल्मको नेपाल प्रदर्शन मिति भने माघ १२ गते तय गरिएको छ। यो फिल्ममा प्रियंकाको साथमा दयाहाङ राई, संजय गुप्ता लगायतका कलाकारहरुको मुख्य भूमिका छ।

ह्याप्पी डेजको गीत ‘चेप्टे चेप्टे पेरुङ्गो…’ दयाहाङ्ग राई र दिया पुनको रमाईलो नृत्य हेर्न यहाँ क्लिक गर्नुहोस्

कलाकारहरु प्रियंका कार्की, धिरेन शाक्य, प्रदीप खड्का र दीया पुन लिमोजिनबाट निस्कदा दर्शकहरुले न्यानो स्वागत गरे। – भिडियो हेर्नुहोस्

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले फिल्म समूहलाई बधाई तथा शुभकामना दिँदै सबैमा नेपाली कला प्रतिको सम्मानको आवश्यकतालाई औल्याएका थिए।

नायिका प्रियंका कार्कीले फिल्म प्रदर्शनी शुरु हुनु अघि बोल्दै दर्शकहरुको मायाँ र सद्भाव प्रति आभार प्रकट गरिन्।

ह्याप्पी डेजको गीत ‘तिमि बिना… ‘ प्रियंका कार्की र संजय गुप्ताको रोमान्टिक मुड हेर्न यहाँ क्लिक गर्नुहोस्

फिल्मका निर्देशक मिलन चाम्सले फिल्म निर्माणको योगदान प्रति आभार व्यक्त गर्दै सिने जगतका अमुल्य उत्प्रेरक दर्शक हरु नै रहेकोले सबैको अपार मायाँको अपेक्षा सदैव रहने बताए।

फिल्मको प्रिमिएर सोमा फिल्मका प्रस्तोता तथा निर्माता वी पी खनाल र अन्य निर्माताहरु हिरल जोशी, भवानी शर्मा, मिलन चाम्स, डा. अशोक बन्साल लगायत दर्शकहरुको उल्लेखनीय सहभागीता थियो।

SUBSCRIBE 👉