मिस वर्ल्डमा उत्कृष्ट ४० भित्र – मिस नेपाल निकिता चाण्डक


मंसीर २ अर्थात् नोभेम्बर १८ तारिखमा चीनको सान्या शहर स्थित सान्या सिटी एरिनामा ६७औं संस्करणको विश्व सुन्दरी प्रतियोगिताको ग्राण्ड फिनाले विधिवत् रुपमा संचालन हुँदैछ। नेपाल लगायत विश्व ११८ मुलुकका सुन्दरीहरुको सहभागिता रहेको यस पटक मिस वल्र्ड प्रतियोगिताको मुल्यांकनको परिवर्तित स्वरुप अनुसार आफ्नो उत्कृष्ट प्रस्तुति दिंदै नेपालका तर्फबाट सहभागिता जनाइरहेकी मिस नेपाल २०१७ की विजेता निकित चाण्डक उत्कृष्ट ४० भित्र आफूलाई सुरक्षित बनाउन सफल भएकी छिन्।

मिस वल्र्ड २०१७ का सहभगि ११८ सुन्दरीहरुलाई बीस समूहमा विभाजन गरी संचालन गरिएको हेड टू हेड च्यालेन्स अन्तर्गत समूह तीनमा रहेकी नेपालकी निकिताले आफ्नो समूहको विजेता हुँदै टप फोर्टीमा आफूलाई सुरक्षित बनाएकी हुन्। समूह तीनमा नेपालकी निकिता बाहेक बेल्जियम, क्यामरुन, गिनिया, मडागास्कार र चीलीका सहभागिहरु रहेका थिए। टप फोर्टीमा पर्नु बाहेक निकिता मिस वल्र्डको प्रतियोगिताको टप मोडल अवार्डमा उत्कृष्ट तीस भित्र र ब्युटि विथ अ पर्पस विधामा पनि उत्कृष्ट बीस भित्र रहन सफल भएकी थिइन्।

मिस वल्र्डको यस पटकको मुल्यांकन परिधिमा हेड टू हेड च्यालेन्जबाट २० वटा समूहमा रहेकाहरु मध्येबाट हरेक समूहको विजेता गरी २० जना, मुख्य विधा गत अवार्ड स्पोर्टस्, मल्टिमिडिया, टप मोडल, ब्युटि विथ अ पर्पस तथा ट्यालेन्ट विधाका विजेता गरी पाँच जना र निर्णायकहरुको मुल्यांकनबाट १५ जना गरी उत्कृष्ट चालीसको चयन गरिने मिस वल्र्ड २०१७ को मुल्यांकनको नयाँ ढाँचाबाट अन्ततः मिस वल्र्ड २०१७ को ग्राण्ड फिनालेको मंचको प्रस्तुति संगै नयाँ विश्व सुन्दरीको घोषणा हुँदैछ।

निकिताको ब्युटि विथ अ पर्पोज (BEAUTY WITH A PURPOSE) भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉