पुनर्जन्ममा परेड खेल्दै गजित र आर्यन


aryan-sigdel-gajit-bista

Aryan Sigdel and Gajit Bista

ग्ल्यामर नेपाल, काठमाडौं । जेठको टण्टलापुर घाममा नेपाली फिल्मका नायकद्वय गजित विष्ट र आर्यन सिग्देल मंगलबार भक्तपुरको सूर्यविनायक व्यारेकमा भेटिए। सैनिक पोशाकमा सजिएका दुवैजना त्यहाँ तालिम लिन व्यस्त थिए। तर उनीहरुको त्यो तालिम साँच्चैको चाहिँ थिएन, केबल फिल्मी अभिनयको तालिम मात्र थियो। निर्माता मोहनकृष्ण श्रेष्ठ निर्माता रहेको फिल्म ‘पुनर्जन्म’मा यी दुई नायक आर्मीम्यानको रुपमा प्रस्तुत हुँदैछन्। दुवै नायकले पहिलोपटक फिल्ममा आर्मीको भूमिकामा अभिनय गरेका हुन्।

फिल्ममा दुवैको भूमिका बारे अनभिज्ञता भईरहेको बेला गजितले आफ्नो फेसबुकमा आर्यनसँगको तस्वीर राखेपछि उनीहरुको भूमिका सार्वजनिक भएको हो। ‘एउटा गाउँबाट र अर्को शहरबाट आर्मी बन्न आएका हुन्छौं, फिल्ममा दुवैजना साथी हौं,’नायक गजितले फिल्मको बारेमा भने,‘यहाँ हामीले आर्मीको स्पेशल तालिम लिइरहेका हुन्छौं ।’ गजितका अनुसार फिल्ममा दुवैले आफ्ना हरेक कुरा बाँड्ने गर्दछन्।

gajit-bista-aryan-sigdel

Aryan Sigdel and Gajit Bista

निर्माता श्रेष्ठले यसअघि ‘कन्यादान’, ‘राज’, ‘वर्षात’, ‘फुलस्टप’ फिल्म निर्माण गरिसकेका छन्। फिल्ममा केकी अधिकारी, सुस्मिता शाही, मिथिला शर्मा, लक्ष्मी गिरी, देशभक्त खनाल, सुरविर पण्डितको पनि अभिनय रहेको छ। फिल्ममा बसन्त सापकोटाको संगीत, कमल राईको नृत्य, सुदर्शन श्रेष्ठको कथा रहेको छ। फिल्मको करिब ७० प्रतिशत छायांकनको काम सकिएको छ।

SUBSCRIBE 👉