फिल्म हलमा ‘झ्यानाकुटी, अक्सर २ र जस्टिस लिग’ । कुन फिल्म हेर्ने ?


यो साता नेपाली, बलिउड र हलिउड गरी तीन फिल्म रिलिज भएका छन्। रिलिज भएका तीनै फिल्मको मुख्य भिडन्त मल्टिप्लेक्समा ज्यादा हुने सम्भावना छ।

नेपाली चलचित्र “झ्यानाकुटि”
अभिनेत्री निशा अधिकारीको पहिलो निर्माण फिल्मले पारिवारिक कथालाई पर्दामा प्रस्तुत गरेको छ। वेनिशा हमाल, सौगात मल्ल अभिनित यो फिल्मलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन्। फिल्मले विवाहित श्रीमान् (श्रीमतीको सम्बन्धको कथा)लाई कमेडी शैलीमा प्रस्तुत गरेको छ।

बलिउड चलचित्र “अक्सर २”
यो फिल्म सन् २००६ मा रिलिज भएको फिल्म ‘अक्सर’को सिक्वेल हो। फिल्ममा गौतम रोडे, अभिनव शुक्ला, जरिन खान तथा मोहित मदानको मुख्य अभिनय हेर्न सकिन्छ। थ्रिलर कथामा बनेको यो फिल्म नारायनन् महादेवनले निर्देशन गरेका हुन्।

हलिउड चलचित्र “जस्टिस लिग”
यो फिल्म डिसी कमिक्सका सुपरहिरो फिल्ममा आधारित फिल्म हो। ‘जस्टिस लिग’ पाँचौ सिक्वल हो। ज्याक स्नाइडरको निर्देशन रहेको फिल्ममा बेन एफलेक, हेनेरी काभिल, एमी एडम्स, गल ग्याडोट, इजरा मिलरको मुख्य भूमिका छ।

SUBSCRIBE 👉