हरिवंशलाई दिपा श्रीले ओढाईन् पिरतीको छाता


टिभी सिरियल, बिज्ञापन तथा विभिन्न कार्यक्रमहरुमा दिपक राज गीरीको जाडीको रुपमा देखिने कलाकार, निर्देशक तथा निर्मात्री दीपाश्री निरौला अब हरिवंश आचार्यको जोडीका रुपमा देखिदै। धमाधम छायांकन भैरहेको फिल्म ‘शत्रुगते’मा हरिवंश र दीपा श्रीमान श्रीमतीको भूमिकामा देखिँदैछन्। हालैमा फिल्मको सुटिङ सेटबाट एक तश्वीर बाहिरिएको छ, जसमा ट्याक्टर चलाइरहेका हरिवंशलाई दिपा श्रीले पिरतीको छाता ओढाएकी छिन्।

फिल्म ‘शत्रुगते’मा हरिवंश र दीपाश्री सँगै पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेल लगायतका कलाकारहरुले अभिनय गरेका छन्। यो फिल्मको केहि समय अघि गरिएको शुभ मुहरतको भिडियो हेर्नुहोस्।

SUBSCRIBE 👉