तीन रंग पत्रकारलाई पुरस्कार तथा सम्मान


raj-shrestha-bidur-giri-krishna-bhattarai
ग्ल्यामर नेपाल, काठमाडौं । नेपाल चलचित्र पत्रकार संघले तीन रंग पत्रकारलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ। संघले १५ औं चलचित्र पत्रकारिता दिवसको अवसरमा पारेर आज राजधानीमा एक समारोहको आयोजना गर्दै विदुर गिरीलाई सम्मान एवं पत्रकारद्वय कृष्ण भट्टराई र राज श्रेष्ठलाई चलचित्र पुरस्कार प्रदान गरेको हो।

चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्षसमेत रहेका गिरीलाई ट्रफी, खादा, ढाका टोपी एवं सम्मान पत्रले ‘चलचित्र पत्रकारिता सम्मान २०७१’ सम्मानित गरिएको छ। उनी नेपाल समाचारपत्र दैनिकसँग आबद्ध छन्। त्यसैगरी, चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानित भट्टराई र श्रेष्ठलाई खादा, ट्रफी, प्रमाणपत्र तथा जनही १५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो। भट्टराई कान्तिपुर साप्ताहिक र श्रेष्ठ स्टार एफएममा कार्यरत छन्। उनीहरुलाई चर्चित फिल्म ‘आमा’का तीन अभिनेत्री भूवन चन्द, बसुन्धरा भुषाल र चैत्यदेवीले सम्मान र पुरस्कार वितरण गरेका थिए।

आजकै समारोहमा संघले हालै सम्पन्न नेपाल चलचित्र पत्रकार महासंघ निर्वाचनबाट सचिव पदमा विजयी रंगपत्रकार ध्रुव लम्साललाई सम्मान गरेको थियो । त्यस्तै, संघको वेबसाइट डब्लूडब्लूडब्लू एफजेएनेपाल डट कम (www.fjanepal.com) को पनि अफिसिएल लञ्च गरिएको छ।

SUBSCRIBE 👉