‘झ्यानाकुटी’ को तारिफ


अभिनेत्री निशा अधिकारीले निर्माण गरेको फिल्म ‘झ्यानाकुटी’ हेरेपछि अभिनेत्री चैत्य देबी र अभिनेता भुवन केसीले तारिफ गरेका छन्। राजधानीमा आयोजित विशेष शो मा फिल्म हेर्न पुगेका यी दुईले फिल्म मन पराएका हुन्। फिल्म हेरिसकेपछि सञ्चारकर्मीसंग कुरा गर्दै भुवन केसीले आफुलाई विषयवस्तुले छोएको बताए। चैत्य देवी र नायक तथा सञ्चारकर्मी संजय गुप्ताले पनि फिल्मलाई राम्रो बनेको प्रतिक्रिया दिए।

धम्पुसमा छायाँकन गरिएको फिल्ममा एक गाउले दम्पतिको कथा देखाइएको छ। फिल्मको कमेडी र सेन्टिमेन्टलाई दर्शकसंगै फिल्मकर्मीले पनि रुचाएका छन्। सिमोश सुनुवारको निर्देशनमा तयार भएको फिल्ममा सौगात मल्ल , बेनिशा हमाल , सुमी मोक्तान , पुष्कर गुरुङ, कर्मा शाक्य, जीवन भट्टराईसंगै बालकलाकारको रुपमा एस्टल गुरुङको अभिनय रहेको छ। फिल्मलाई सिमोश र निशा अधिकारीले संयुक्त रुपमा निर्माण गरेका हुन्। प्रदीप भारद्वाजको कथा रहेको फिल्मलाई हरि हुमागाईंले खिचेका हुन्।

भुवन केसी:
फिल्मको कथा वस्तु र कलाकारको अभिनय निकै राम्रो छ। फिल्ममा उठाइएको विषयलाई जसले पनि आँखा अगाडी कै कथाको रुपमा लिनु हुन्छ। मेकरको रुपमा निशाले फिल्मलाई राम्रोसंग बनाएकी छिन। म जहिले पनि मेकरलाई सम्झौता गर्न हुदैन र फिल्म बनाउदा दर्शकलाई सोचेर बनाउनु पर्छ भन्ने मान्छे। सौगात र बेनिशाको अभिनय स्वाभाविक लाग्छ र जसरि धम्पुसमा फिल्मको छायाँकन गरिएको छ, त्यहाँ देखिएको सम्पूर्ण पात्र नेचुलर लाग्छन। फिल्म राम्रो बनेको छ, हेर्दा रमाइलो छ।

चैत्य देवी:
मलाइ फिल्म एकदमै राम्रो लाग्यो। फिल्मको कथा वस्तु निकै राम्रो छ। कथा र पात्रको मिलाप निकै राम्रो छ, कहिँ कतै बोर लाग्दैन। फिल्मले समाजकै कथालाई फिल्मी शैलीमा प्रस्तुत गरेको छ। हामीलाई हसाउदै रुवाउछ अनि रुवाउदै हामीलाई हसाँउछ। फिल्म बन्ने शैली पनि बढेको छ नै साथै दर्शकलाई यस किसिमको फिल्मले मनोरंजन दिन्छ।

SUBSCRIBE 👉