विश्वकै दोस्रो धनी कलाकार – शाहरुख


shahrukh-khan
मुम्बई, एजेन्सी । बलिउडका किङ खान शाहरुख विश्वकै दोस्रो धनी कलाकार बनेका छन्। हलिउड र बलिउडका कलाकारको संयुक्त सुचीमा उनी दोस्रो नम्बरमा दरिएका हुन्।

‘वेल्थ एक्स’ नामक मिडियाले बुधबार जारी गरेको सूचीमा शाहरुखसँग ६० करोड डलर सम्पत्ति रहेको दाबी गरिएको छ। उनी विश्वका टप टेन धनी कलाकारको सुचीमा पर्ने एक्ला भारतीय हुन्। यसले उनको क्रेज अझ उकास्ने विश्वास गरिएको छ। अभिनयका अलवा उनी रियालिटी शोका होस्ट, फिल्म निर्माता र क्रिकेट तथा फुटबल क्लबका मालिक पनि हुन्।

‘वेल्थ एक्स’का अनुसार ६० वर्षीय कमेडियन जेरी सेनफेल्ड विश्वकै पहिलो धनी कलाकार हुन्। उनीसँग ८२ करोड अमेरिकी डलर बराबरको सम्पत्ति छन्। त्यसैगरी, तेस्रो धनी कलाकार टम क्रुजसँग ४८ करोड, चौथो धनी जोनी डिप र पाँचौ टेलर पेरीसँग ४५-४५ करोड अमेरिकी डलर सम्पत्ति छ।

SUBSCRIBE 👉