सलमान र कट्रिना अभिनित ‘टाइगर जिन्दा है’ को गीत रिलिज


बलिउड फिल्म ‘टाइगर जिन्दा है’ को यतिबेला चर्चा बढ्दो छ। सामाजिक सञ्जालमा रिलिज ट्रेलरको ‘भ्यू’ले किर्तिमानी राखिसक्दा यो फिल्ममा समावेश पहिलो गीत रिलिज गरिएको छ। सार्वजनिक गीतमा सलमान खान र कट्रिना कैफ फिचरिङमा छन्। डिसेम्बर २२ लाइ प्रदर्शन मिति तय गरेको यो फिल्मको रिलिज गरिएको गीतमा कट्रिनालाई केहि बोल्ड देख्न सकिन्छ।

रिलिजको केहि घण्टामै गीतलाई ५० लाख बराबरले हेरिसक्दा यो गीतले पनि किर्तिमानीको बाटो लिने अनुमान धेरैको छ । गीतमा संगीत विशाल र शेखरको छ।आदित्य चोपडाले निर्माण गरेको फिल्म यशराज ब्यानरमा तयार भएको हो। फिल्ममा निर्देशन अलि अब्बास जफारको छ। यो फिल्म केहि बर्ष पहिले रिलिज ‘एक था टाइगर’ फिल्मको सिक्वेल हो। – भिडियो हेर्नुहोस्।

SUBSCRIBE 👉