गायक युवराज चौलागाई, के अव फिल्मका नायक बन्न लागेका हुन् ?


गायकी संगै गेटअपकै कारण चर्चामा आउने गर्छन गायक युवराज चौलागाई। उनको सांगीतिक यात्रा दशक अगाडी नै सुरु भईसकेता पनि उनलाई फिल्म ‘नोभेम्बर रेन’ को गीत ‘पल भरमै खुसि’ ले चर्चामा ल्यायो। उक्त गीत मार्फत उनले बेस्ट प्लेब्याक सिंगरको अवार्ड जितन पनि सफल भए। त्यसपछि सोहि ब्यानरको फिल्म ‘क्लासिक’ मा उनले गएको ‘हारे हारे’ ले पनि युवराजलाई चर्चामा राख्न सफल भयो।

यो दुइ गीत मात्र नभई उनको आधुनिक गीत हरेक शब्दको ले पनि उनलाई अवार्ड तथा चर्चा दिलायो। यसैगरी एकपछी अर्को गीत मार्फत सफलता पाउदै अगाडी बढेका युवराजलाई हिरो बन्ने अफर पनि आउने गर्छ। ‘मलाइ धेरै नाम चलेका निर्देशक तथा केहि अभिनेत्री निर्मात्रीले पनि अफर गर्नु भएको छ तर त्यसको लागि समय आएको छैन’ युवराज अहिले आफु संगीतमै केन्द्रित हुने बताउछन।

उनको जति चर्चा गायकीको हुन्छ त्यति जुँगाको पनि हुने गर्छ। अहिले यो उनको पहिचान पनि बनिसकेको छ। ‘मैले जुँगा पाल्ने सोच त बनाएको थिइन् तर मेरो बुवाको देखेर पाल्नु थालेपछी, काट्दा नकाट्नु भन्ने धेरै अनुरोध आयो त्यसैले अहिले लुक्स यस्तैछ।’ युवराजको अभिनय गरेका थुप्रै म्युजिक भिडियोहरुमा रिलिज भईसकेका छन्। ति भिडियोहरुलाई दर्शक श्रोताहरुले माया गरेका छन्। उनले भविष्यमा फिल्ममा अभिनय गर्न सक्ने संभवानालाई भने नकार्न सकेनन्। ‘अभिनय गर्न सकिन्छ तर सबै मिल्नु पर्छ तर अहिले फोकस गीत संगीतमै’ युवराजले बताए।

SUBSCRIBE 👉