पुजनाले पाईन मनको राजा


pujana-pradhan

Pujana Pradhan

ग्ल्यामर नेपाल, काठमाडौं । जय संगत भन्दै हिड्ने नायिका पुजना स्त्रीले अन्ततः आफ्नो मनको राजा पाएकी छन्। आफु महिला भएकै कारणले आम महिलाको सम्मानार्थ प्रधान थरलाई स्त्रीमा बदलेकी पुजनाले अन्ततः दीपेश कार्कीलाई आफ्नो राजा बनाउन पुगिन्। तर तपाईहरु नझुक्किनु होला, पुजनाले साँच्चै नै दीपेशलाई राजा बनाएकी भने होईनन्।

युवा गायक गायक रुद्रसेन विश्वकर्माको रचनामा रजिना रिमाल र रुद्रसेनकै स्वर रहेको ‘मनको राजा’ एल्बमको शीर्ष गीतको म्युजिक भिडियोमा अभिनय गर्दा नक्कली मनको राजा पाएकी हुन्। गत आइतबार सुटिङ गरिएको भिडियोको निर्देशन प्रदिप रसाईलीले गरेका हुन् । सञ्चारकर्मीसमेत रहेका दीपेश यसै भिडियोमार्फत मोडलिङ क्षेत्रमा प्रवेश गरेका छन्। भिडियोमा सुदिप थापाले पनि मोडलिङ गरेका छन् । पुष्कर सुनुवारको संगीत रहेको गीतको भिडियोको छाँयाकार अजय रेग्मी हुन्।

एल्बममा ६ वटा गीत रहेका छन्। सुमित खड्काले पनि एल्बमको एउटा गीतमा स्वर दिएका छन् भने अधिकांश गीतमा रुद्रसेनकै संगीत रहेको छ । देशभक्ति र प्रेम विछोडको भावना समेटिएको एल्बम ‘मनको राजा’ छिट्टै बजारमा आउने तयारीमा छ।

SUBSCRIBE 👉