अष्ट्रेलियामा छायाँकन गरिएको फिल्म ‘ह्याप्पी न्यू इयर’ ट्रेलर रिलिज


अष्ट्रेलियामा छायाँकन गरिएको नेपाली फिल्म ‘ह्याप्पी न्यू इयर’को ट्रेलर रिलिज गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको ट्रेलर रिलिज गरेको हो। ट्रेलर रिलिज कार्यक्रममा फिल्मकी मुख्य अभिनेत्री सन्ध्या केसी भने उपस्थित भईनन्। ट्रेलरमा माया प्रेम र द्वन्द्वको कथा समावेश छ। फिल्म प्रेम कथामा तयार भएको हो।

देवकुमार श्रेष्ठले निर्देशन गरेको यो फिल्ममा सन्ध्या सँगै कुशल थापा, करण श्रेष्ठ, पुकार गौतम लगायतका कलाकारहरुको को मुख्य अभिनय छ। फिल्मको कथा पनि फिल्मका नायक कुशलले लेखेका हुन्। कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले पुर्ण मनोरञ्जनको खुराकि फिल्म ‘ह्याप्पी न्यू इयर’ बनाउन खोजेको र यसले दर्शकहरुको मन जित्ने दाबी गरे। वेञ्जामिन ड्रेले खिचेको फिल्मकी निर्मात्री रती थापा हुन्। आउँदो पौष १४ अर्थात नयाँ बर्ष २०१८ को छेकोमा फिल्म रिलिज हुनेछ। फिल्ममा किरण माइकल र विनोद ढकालको संगीत छ। ट्रेलर हेर्नुहोस्।

SUBSCRIBE 👉