दिवंगत कलाकारलाई सम्झँदै पलेँटी


nepali-legends

दिवंगत श्रष्टाहरु वरिष्ठ गायक फत्तेमान, वरिष्ठ गीतकारद्वय भिम ‘विराग’ र राममान ‘तृषित’ तथा भारतको आसामकी गायिका मिरा थापा सम्झँदै पलेँटी

ग्ल्यामर नेपाल, काठमाडौं । आधुनिक नेपाली संगीत र यसका विशेषताहरुलाई श्रोता दर्शकको घेरामा प्रस्तुत गर्दै आएको पलेँटी श्रृंखला फेरि सुरु हुने भएको छ। आगामी योजनाको तयारी निम्ति केहि समययता स्थागित भएको श्रृंखला आउँदो जेठ १६ गतेदेखि कालिकास्थानस्थित नेपालयको आरशालामा पुरानै स्वरुपमा प्रस्तुत हुँदैछ।

पलेँटीका संयोजक तथा गायक एवं संगीतकार आभाषले जेठ १६ गतेको कार्यक्रममा पलेँटी श्रृंखलाको मञ्चमा आएर स्वयंलाई प्रस्तुत गर्ने चारजना दिवंगत श्रष्टाहरु वरिष्ठ गायक फत्तेमान, वरिष्ठ गीतकारद्वय भिम ‘विराग’ र राममान ‘तृषित’ तथा भारतको आसामकी गायिका मिरा थापाको सम्झना गरिनेछ। ‘उहाँहरुको रचनालाई हामी कार्यक्रममा प्रस्तुत गर्नेछौं।’आभाषले भने। उनलाई युगल गायनमा गायिका मिनाले सघाउनेछिन्।

कार्यक्रममा फत्तेमानको स्वरमा रेकर्ड भएर पनि सार्वजनिक हुन नसकेको गीतकार मन्जुलको रचना तथा भिम ‘विराग’ र राममान ‘तृषित’लाई पनि सम्झेर उनीहरुका सिर्जना सुनाइनेछन्। चार श्रष्टालाई सम्झिएपछिको अर्को सत्रमा संगीतको दुई पुस्तालाई जोड्दै आएका संगीतकर्मी पिता र पुत्री प्रकाश गुरुङ तथा रिमा गुरुङ होडाको विशेष प्रस्तुति हुने आभाषले बताए।

SUBSCRIBE 👉