स्पार्कमा पारिवारिक विखण्डनको कथा


Nepali-Movie-Spark-eny
ग्ल्यामर नेपाल, काठमाडौं। परिवारसँग छुट्टिएर बसेको सन्तानले जीवनमा के कस्ता कुरा भोग्नुपर्छ भन्ने विषय समेटिएको फिल्म स्पार्कको बिहीबार मुहुर्त गरिएको छ। राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ फिल्मकर्मी यादव खरेलले फिल्मलाई शुभकामना दिँदै फिल्म क्षेत्रमा नयाँ अनुहारको प्रवेशक्रम हुनु सुखद भएको बताए।

कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, फिल्मकर्मी राजेन्द्र सलभ, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्कालगायतले फिल्मको सफलताको कामना गरेका थिए। मुहुर्तमा निर्देशक समाजका अध्यक्ष डिसीले क्ल्याप हानेका थिए भने शलभले सटको निर्देशन गरेका थिए। फिल्मका प्रमुख दुई कलाकार आर्यन श्रेष्ठ र एनी कुँवरले संवाद सट दिएका थिए।

Nepali-Movie-Spark-Dinesh-dcसान्ता फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण हुने फिल्ममा शान्ति पोखरेल निर्मात्री छिन् भने निर्देशन जनक पाण्डेले गर्नेछन्। आर्यन र एनीबाहेक एलेक्स पाण्डे, रवि चौरेल, सिम्पल खनाल र राजु कमेडीको अभिनय रहने फिल्ममा चर्चित संगीतकार बिजु बज्रको छोरा कोबिद बज्रको संगीत, कविराज गहतराजको नृत्य र रामशरण उप्रेतीको छायांकन हुनेछ। जेठ २० देखि सुटिङका लागि फ्लोरमा जाने फिल्म काठमाडौं, पोखरा र पाल्पामा खिचिने निर्देशक पाण्डेले बताए।

SUBSCRIBE 👉