बलिउडमा अर्की पोर्न स्टार शान्तिको इन्ट्री


shanti-bollywood

shanti dynamite / Bollywood

बलिउडमा सनी लियोन पछि अर्की हलिउड पोर्नस्टारको प्रवेश भएको छ। हलिउड पोर्नस्टार शान्ति डाइनामाइट निर्माता रुपेश पलले निर्माण गर्न लागेको एक अनटाइटल फिल्ममा उनी डेब्यु गर्दैछिन्। यो फिल्म ग्याङस्टार र थ्रिलर किसिमको हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

रुपेशका अनुसार फिल्ममा चाहिने गैर भारतीय महिला पात्रको लागि तीन जनाको अडिसन लिइसकिएको छ। एकता कपुरको फिल्ममा खेल्न चाहिरहेकी यी नायिकालाई रुपेशले आफ्नो फिल्ममा लिएका हुन्। फिल्ममा नायिकाको भूमिका सशक्त रहने रुपेशले जनाएका छन्। रुपेशले पोर्नस्टारको छविले आफ्नो फिल्ममा कुनै असर नपर्ने दाबी गरेका छन्। स्मरण रहोस्, सनी लियोन महेश भट्टको फिल्म ‘जिष्म २’मार्फत बलिउडमा प्रवेश गरेकी हुन्।

SUBSCRIBE 👉