मोडलको तस्वीर प्रकाशन गर्दा अनलाइनलाई मुद्धा


kate-mos-play-boy-cover
प्लेब्वाई पत्रिकाका एक मालिकले हलिउड सुपरमोडल केट मोसको तस्वीरको विना अनुमति प्रयोग गरिएको भन्दै एक पत्रिकाविरुद्ध मुद्धा दायर गरेका छन्। ब्रिटिश मोडल केटले सन् २०१४ को शुरुवातमा आफ्नो ४० औं जन्मदिन तथा प्लेब्वाईको प्रकाशनको ६० औं वर्षगाठको मौका पारेर प्लेब्वाई प्रकाशनको आइकनवाला बन्नी पोशाक लगाएर तस्वीर खिचाएकी थिईन्।

पत्रिकाको वकिलले गत बुधकार ब्लैंकबुक नामक पत्रिकाको वेबसाइटविरुद्ध मुद्धा दर्ता गराएको हो। ती वकिलका अनुसार ब्लैंकबुक पत्रिकाका सम्पादकले प्लेब्वाई मालिकको इजाजत विना खिचिएका तस्वीर प्रयोग गरिएपछि मुद्धा दायर गरिएको हो।

न्यूर्योक डेलीन्यूजका अनुसार म्यानहटन संघीय अदालतमा मुद्धा दायर गरिएको छ। मुद्धामा ब्लैंकबुकका मालिकले इन्टरनेटमा आम मानिसलाई आकर्षण गर्नका लागि मोडलको तस्वीर प्रयोग गरिएको बताइएको छ। प्लेब्वाईका मालिकले केटको तस्वीरको विषयलाई लिएर अर्को कम्पनीविरुद्ध मुद्धा दायर गरेको यो दोस्रोपटक हो। कम्पनीका अधिकारीले हार्पस बजार पत्रिकामा मोसको नग्न तस्वीरको लिंक प्रकाशित गरेको आरोपमा हियस्र्ट कम्युनिकेशनका विरुद्ध कपिराईटको मुद्धा चलाएको थियो।

SUBSCRIBE 👉