‘सेल्फी क्विन’ को चर्चा


केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका गायक तथा कम्पोजर अनिल सिंह सक्रिय भएका छन्। आफ्नै एल्बम समेत ल्याउने तयारीमा रहेका अनिलको सोलो कम्पोजमा ‘फलो मि’ नामक एल्बम तयार भईसकेको छ। यो एल्बममा सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईको एकल शब्द छ भने रविना थापाको एकल स्वर छ। सोहिल एल्बमको एक गीतलाई युट्युबमा रुचाइएको छ। ‘सेल्फी क्विन’ बोलको गीतलाई यो समाचार तयार पारुन्जेल युट्युबमा १२ लाख भन्दा बढी पटक हेरिएको छ। गीतमा रविनालाई अनिलले साथ् दिएका छन्।

’कम्पोजरको हिसाबले निकै खुशी छु, दर्शक तथा श्रोताले मेरो कम्पोजलाई रुचाउनु बह्येको छ’ अनिल भन्छन ’अब संगीतमै फोकस भएको छु , मेरो सोलो एल्बल पनि चाडै आउदैछ।’ यता पहिलो गीतले पाएको प्रतिक्रियाले उत्साहित छिन् -गायिका रविना थापा। ’गीतबाट प्राप्त प्रतिक्रियाले उत्साहित छु’ रविना भन्छिन ’अब संगीतलाई निरन्तरता दिन थप हौसला मिलेको छ।’

गीतमा रविनासंगै सन्दीप क्षेत्री, सुशील नेपाल र राजेश थापा देखिएका छन्। गीतमा सेल्फीले बढाउने बढाउने लोकप्रियतालाई देखाइएको छ। ’गीतमा मैले सेल्फीको आकर्षणलाई चित्रण गर्न खोहेको छु’ गीतकार नरेश भन्छन ’गीतमा मेलोडी अनुसारकै शब्द मार्फत प्रेमभावलाई ब्यक्त गर्ने प्रयास गरिएको छ।’ गीतमा सुरेन बसेलको कोरियोग्राफी रहेको छ भने यसलाई अर्जुन तिवारीले छायाँकन गरेका हुन्। गीतमा भारत रेग्मीको सम्पादन रहेको छ भने यसलाई सुव्रत आचार्यले निर्देशन गरेको गीतलाई राजेश थापाले निर्माण गरेका हुन्। – भिडियो हेर्नुहोस्।

SUBSCRIBE 👉