अष्ट्रेलियामा जोलीको विवाह योजना


Angelina-Jolie
हलिउड नायिका एञ्जोलिना जोलीले अष्ट्रेलियामा प्रेमी ब्राड पिटसँग विवाह गर्ने इच्छा व्यक्त गरेकी छन्। आफुले निर्देशन गर्न लागेको फिल्म ‘अनब्रोकन’को सुटिङका लागि अष्ट्रेलियामा केही समय बिताएकी जोलीले त्यहाँको भौगोलिक अवस्थाबाट प्रभावित भएर त्यही विवाह गर्ने इच्छा जाहेर गरेकी हुन्।

समाचार अनुसार अष्ट्रेलियाको रीतिरिवाज अनुसार उनले विवाह गर्ने सोच बनाएकी छन्। विवाहको मिति नतोकिए पनि चाँडै नै सञ्चारमाध्यममार्फत मिति सार्वजनिक गरिने बताइएको छ। एन्जेलिनालाई अष्ट्रेलियाको पूर्वी क्षेत्र निकै मनपरेको छ। उनले यहाँ सुटिङको समयमा केही महिना बिताएकी थिईन्।

SUBSCRIBE 👉