प्रल्हाद तिमल्सिनाको गीतमा नेम्बाङको अन्तिम निर्देशन [भिडियो]


दिवंगत निर्देशक आलोक नेम्बाङद्वारा निर्देशित अहिले सम्मकै सम्भवत: अन्तिम म्युजिक भिडियो सार्वजनिक भएको छ। निर्देशक नेम्बाङले २०७१ साल कात्तिक २० गते यो संसार त्याग्नुभन्दा केही दिनअघि निर्देशित गायक प्रल्हाद तिमिल्सिनाको स्वरको ‘यो मनलाई…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। उक्त भिडियो छायांकन भएको केही दिनपछि नै निर्देशक नेम्बाङले आत्महत्या गरेपछि भिडियोका फुटेजहरु संकलन गर्न समय लागेकाले अहिले आएर भिडियो सार्वजनिक गरिएको गायक तिमिल्सिनाले बाताएका छन्।

भिडियो गायक तिमिल्सिनाकै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। कालीप्रसाद रिजालको शब्द तथा आलोकश्रीको संगीत निर्देशनको उक्त गीतमा महाराज थापाको संगीत संयोजन छ। गायक तिमिल्सिनाको एकल एल्बम ‘महक’ मा समावेश गरिएको छ। धीरजजंग शाहद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन्। बालाजु आसपासका क्षेत्रमा छायांकन गरिएको उक्त भिडियोमा अनिल थापा तथा एलिजा बस्नेतले अभिनय गरेका छन्। यस्तो छ यो मनलाई गीतको म्युजिक भिडियो:

video @ Prahlad Timalsina Official / you tube

SUBSCRIBE 👉