गायक योगेश्वर अखडामा खलनायक बन्दै


yogeshwor-amatya-akhada

Singer Yogeshwor Amatya Featuring as a villain in Nepali Movie Akhada

ग्ल्यामर नेपाल, काठमाडौं । फिल्मले व्यापारिक रुपमा सफलता र असफलता दुवै हासिल गरिरहे पनि फिल्म निर्माणको क्रम चाहिँ रोकिएको छैन। प्रेम, एक्सन, कमेडी, थ्रिलर विभिन्न किसिमका फिल्म निर्माणको क्रम बढ्दो छ। यसै क्रममा इञ्जोय मुभिजको व्यानरमा ‘अखडा’ नामक फिल्म बन्ने भएको छ। यो व्यानरले यसअघि निर्माण गरेको फिल्म ‘आइ ह्याभ ए रिजन टु डाई’ प्रदर्शनको तयारीमा छ।

राजु महर्जन प्रस्तुतकर्ता रहेको फिल्ममा आशिककुमार ठाकुर निर्माता रहेका छन्। रविनराज पोखरेल, अनुप स्थापित, योगेश्वर अमात्य, श्रीकृष्ण न्यौपानेलगायतको अभिनय रहने फिल्ममा नायिकाको फाइनल भईनसकेको निर्माण पक्षले जनाएको छ। पहिलोपटक फिल्मी अभिनयमा प्रवेश गरेका गायक योगेश्वर फिल्ममा खलपात्रको भूमिकामा देखिँदैछन्।

Yogeshwor Amatya

Yogeshwor Amatya

डा. दयाराम कार्की र निलकुमार श्रेष्ठ सहनिर्माता रहेको फिल्ममा सुवास जिसी र विभु श्रेष्ठको संवाद तथा निर्देशन रहने फिल्ममा सन्तोष प्रगाढको संगीत, शंकर अधिकारी ‘घायल’को शब्द, सुरेन्द्र भण्डारी र सञ्जय तामाङको कोरियोग्राफी विभु श्रेष्ठको कथा र पटकथा, सुमन लामाको द्वन्द्व र राहुल राईको छायांकन रहनेछ । आगामी जेठ २० गतेबाट सुटिङका लागि फ्लोरमा जाने एक्सन लभस्टोरी फिल्मको छायांकन सर्लाहीमा गरिने निर्देशक श्रेष्ठले बताए।

SUBSCRIBE 👉