‘कक्टेल जवानी’मा प्रियंकाको कोरियोग्राफी (फोटोफिचर)


Priyanka karki's choreography for item dance in movie puntey pared (1)काठमाडौं, बहुप्रतिभाशाली अभिनेत्री प्रियंका कार्की कोरियोग्राफर बनेकी छिन। सधैं अरुको कोरियोग्राफीमा कम्मर मर्काउँदै आएकी प्रियंकाले आइतबार आफूले अरुलाई डान्स स्टेप सिकाइन। सँगै आफैं पनि नाचिन्। सुवास कोइराला निर्देशित चलचित्र ‘पुन्टे परेड’को ‘कक्टेल जवानी…’ बोलको आइटम गीतमा प्रियंकाले नृत्यनिर्देशन गरेकी हुन। नेपाली सिने क्षेत्रमा कुशल नृत्यागंनाको रुपमा परिचित प्रियंकाले कोरियोग्राफीकालागि पनि निकै मेहनत गरेको बताइन्। यो गीतको छायाँकन राजधानीको सुन्धारास्थित बेबिलोन डान्स बारमा गरिएको थियो।

‘पुन्डे परेड’को उक्त आइटम गीतमा प्रियंकाले सब्बु बलामीलाई नचाएकी छिन। चलचित्रको कथा अनुसार संयमले आफ्नी शिक्षिका प्रियंकालाई मन पराएको हुन्छन। उनले सब्बुलाई प्रियंका देख्छन। त्यसपछि सब्बुको ठाउँमा प्रियंका र संयमले कम्मर मर्काउनेछन। यो गीतले दर्शकलाई थप मनोरञ्जन प्रदान गर्ने उनको विश्वास छ। उनले केही दिन अघि रेनशा राईको कोरियोग्राफीमा ‘हँसिया’मा आइटम डान्स गरेकी थिइन। अब मौका पाएको खण्डमा कोरियोग्राफी करिअरलाई पनि सँगै लैजाने उनको योजना छ।

अहिलेका युवायुवतीहरुको सोच र व्यवहारलाई हास्यप्रधान ढंगबाट प्रस्तुत ‘पुन्टे परेड’मा प्रियंका र संयमसहित एञ्जिला दाहाल, नट्टु शाह, रबिन्द्र खड्का, स्वेता थापालगायतका कलाकारको अभिनय छ। हरि महतको लगानी रहेको यस चलचित्रको ८५ प्रतिशत छायाँकन सकिएको छ। चलचित्रमा तारा प्रकाश लिम्बु र टेकनन्द लामाको संगीत छ।

Watch Photo Gallery

 

SUBSCRIBE 👉