चुनाव लगत्तै रजनी र खुश्वुको ‘दीपज्योति’ रिलिज हुने


चलचित्र ‘दिपज्योति’ मंसिर २२ मा रिलिज हुने भएको छ अर्थात् दोश्रो चरणको चुनाबपछिको पहिलो दिन नै यो फिल्म रिलिजमा आउने भएको छ। निर्बाचनको समयमा उक्त मितिमा कुनै फिल्म नआउने भए पछि दिपज्योतिले उक्त मितिमा आउने जमर्को गरेको हो। फिल्म रिलिज हुनु भन्दा १० दिन अघि मात्र फष्ट लुक सार्वजनिक गर्दै रिलिज डेड तय गरिएको हो।

कृष्ण खनालको प्रस्तुती एव निरञ्जन ठाकुर र अन्जना राइ ठाकुर निर्माता रहेको फिल्ममा नारायण मैनालीको निर्देशन छ। रामकृष्ण अधिकारी कार्यकारी फिल्मका निर्माता हुन्। फिल्ममा नीर शाह, रजनि केसी, खुश्वु खड्का, प्रमोद द्विप, लय संग्रौला, रश्मी भट्ट, पुष्कर रेग्मी, शेखर केसी, शेर बहादुर गुरुङ र रेशम फिरिरी काे मुख्य भुमिका छ। यो फिल्म रामशरण उप्रेतीले खिचेका हुन्। फिल्ममा विकास चौधरीकाे संगीत र कोरियोग्राफी रामजी लामिछानेको छ।

SUBSCRIBE 👉