सौगात, बुद्धि र कर्माको ‘पञ्चेबाजा’ फागुनमा घन्कने


न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘पञ्चेबाजा’को फष्टलुक पोस्टर रिलिज गरिएको छ। यो फिल्ममा सौगात मल्ल, कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, जस्मिन श्रेष्ठ, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको अभिनय छ। फागुन ११ गतेलाई फिल्मको रिलिज मिति तोक्दै फष्टलुक पोस्टर रिलिज गरिएको हो। फिल्मको निर्देशक घनश्याम लामिछानेहुन्। एकै गाउँका तीन पात्रको कथा प्रस्तुत गरिएको फिल्मको फष्टलुकमा प्रमुख कलाकारहरुलाई स्थान दिइएको छ।

निर्देशक लामिछानेले एकै गाउँका तीन युवाको कथा व्यथा वरीपरी फिल्म रहने बताए। ‘फिल्मको नाम अनुसार फिल्म पनि मौलिक बनाएका छौं।’ उनले भने -‘त्यसकारण यो दर्शकको रोजाईमा अवश्य पर्नेछ।’ घनश्यामले यसअघि ‘धौली’ र ‘अग्नीदहन’ निर्देशन गरिसकेका छन्। यो फिल्मका निर्माता राजेश शाही हुन्। उनले यस अघि ‘कवच’, ‘मेरो मनको साथी’, ‘बीच बाटो’ निर्माण गरिसकेका छन्। निर्माता शाहीले आफूले राम्रो फिल्म बनाउन कुनै पनि कसुर बाँकी नराखेको बताए।

सारा गुरुङ सहनिर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्र्व ध्वनि, मिक्सिङ उत्तम न्यौपाने र हरि घले लामाको छायांकन छ। यो फिल्मका मिडिया संयोजक कुमार आचार्य हुन्।

SUBSCRIBE 👉