कस्तो हुन्छ, बियर पिउने युवतीका स्वभाव ?


अक्सर यस्तो देखिन्छ कि जो–जो व्यक्ति सँगै ड्रिंक्स गर्छन्, उनीहरूको दोस्ती निकै गहिरो हुन्छ। यस्तै केही विषय युवतीबीच पनि हुन्छ। तपाईं यो तथ्य थाहा पाउँदा हैरान हुन सक्नुहुन्छ कि बियर पिउने युवतीसँग डेट गरेपछि धेरै झन्झटबाट जोगिन सकिन्छ, जुन सामान्य प्रकारका हुन्छन्। बियर पिउने युवतीमा निम्न प्रकारका खुबी हुन्छन्। बियर पिउने केटीहरू अन्य केटीहरूको तुलनामा देखावटी प्रदर्शन गर्नुपर्ने खालका हुँदैनन्। यस्ता युवती भोडका र टकिलाजस्ता ड्रिंक्स पनि मन पराउँछन् तर बियरलाई बढी प्रेम गर्छन्।

जुन युवतीलाई बियर मन पर्छ, उनीहरूलाई यसका अलग–अलग ब्रान्डका बारेमा पनि जानकारी हुन्छ । यस्ता युवती आफ्ना पार्टनरलाई सबै प्रकारका परिस्थितिमा कन्फर्टेबल फिल गराउन जान्दछन्। यस्ता युवती जसलाई बियर मन पर्छ, उनीहरू प्राय:जसो कुल रहन्छन् । यिनीहरू बियर पिउन कुनै खास समय पर्खंदैनन् ।

यस्ता युवतीहरू कहिल्यै पार्टनरलाई सपिङका लागि तनाव दिँदैनन्, किनभने उनीहरूलाई सपिङभन्दा बढी बियर मन पर्छ। बियर पिउने युवतीहरू हेर्दा युवकजस्ता हुन्छन् तर त्यसको अर्थ यो होइन कि उनीहरूभित्र महिलाको फिलिङ हुँदैन वा उनीहरू प्रेम महसुस गर्दैनन्। यिनीहरू त्यति नै प्रेम गर्छन्, जति युवकले उनलाई गर्छन् । प्रेमसँग बियरको खास सम्बन्ध हुँदैन। – कान्तिपुर साप्ताहिक

SUBSCRIBE 👉