धुर्मुस सुन्तलीको १०औ म्यारिज एनिभर्सरी अवसरमा रोमान्टिक भिडियो रिलिज


हाँस्य कलाकार तथा धुर्मुस सुन्तली फाउण्डेशनका अभियन्ता सिताराम कट्टेल र कुञ्जना घिमीरेको १०औ म्यारिज एनिभर्सरी अवसर पारेर ‘म जुन दिन देखी…’ बोलको गीतको भिडियो रिलिज गरिएको छ। ‘उनि र म’ नामक एल्बममा समेटिएको यो गीतमा धुर्मुस र सुन्तलीको अभिनय छ।

यो गीतमा संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयका सचिव एवंम गीतकार दिनेश थपलियाको शब्द, अर्जुन पोखरेलको संगीत र एरेन्ज रहेको गीतमा गायक गायिका राजेश पायल राई र अन्जु पन्तको आवाज सुन्न सकिन्छ। बिहीवार ‘धुर्मुस सुन्तली युट्युव च्यानल’ बाट गीत रिलिज गरिएको हो।गीतको भिडियोमा हरिष निरौला ‘कक्रोज’को कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन, पप्पा र नवराज उप्रेतीको छांयाकन रहेको छ।

उनि र म प्रकाश कोईरालाको परिकल्पना हो। गीतमा धुर्मुस र सुन्तलीको प्रगाढ माया देखाईएको छ। उनीहरुको एनिभर्सरीमा एकले अर्कोको साथ पाएपछि जीवन सफल हुदै गईरहेको र ए अर्को आफ्नो लागि राजा-रानी भएको गीतमा प्रस्तुत गरिएको छ। भुकम्प पछिको पुनःनिर्माणमा जुटेका यी जोडी निकै समयदेखी टिभी सिरियल र चलचित्रहरुमा देखिएका छैनन्। धेरै समयको अन्तरालमा सार्वजनिक भएको धुर्मुस र सुन्तलीको यस भिडियोलाई धेरैले मन पराउने निश्चित छ।

SUBSCRIBE 👉