बोल्ड लुक्समा देखिए रजनी र खुस्बु – हेर्नुहोस् ‘दीपज्योति’ ट्रेलर


नारायण मैनालीले निर्देशनमा तयार भएको फिल्म गरेको फिल्म ‘दीपज्योती’ को ट्रेलर रिलिज गरिएको छ। मंसिर २२ गते प्रदर्शन मिति तय गरेको यो फिल्मको फर्स्ट लुक पोस्टर केहि दिन अघि मात्र सार्बजनिक गरिएको थियो। दोस्रो चरणको चुनाब लगत्तै प्रदर्शनमा आउने यो फिल्म प्रचार प्रसारमा उत्रेको छ। युट्युवमा रिलिज ट्रेलरमा एक्सन, रोमान्स तथा रोदनपुर्ण दृश्यहरु शमबेश छन्। ट्रेलरमा अभिनेता सरोज खनाल एक्सन अबतारमा देखिएका छन्। फिल्मकि दुई नायिका रजनी केसी र खुश्वु खड्कालाई बोल्ड लुक्समा प्रस्तुत देखाईएको छ।

कृष्ण खनालको प्रस्तुती तथा हरिष पन्थीको कथामा तयार भएको फिल्ममा निरञ्जन ठाकुर, अञ्जना राइ ठाकुर र रामकृष्ण अधिकारीले लगानी गरेका छन्। सरोज, रजनी र खुस्बु संगै पुष्कर रेग्मी, प्रमोद द्विप, नीर शाह, लय संग्रौला लगायतको यो फिल्ममा अभिनय छ। फिल्ममा विकास चौधरी र सचिन गिरीले संगीत, रामजी लामिछानेले कोरियोग्राफी गरेका छन्। फिल्मलाई रामशरण उप्रेती र राहुल राइले खिचेका हुन्। ट्रेलर हेर्नुहोस्

SUBSCRIBE 👉