यो वर्षको अन्त्यमा प्रदिप, जसिता र प्रियंकाको ‘लिलिबिली’


चाम्स इन्टरटेनमेन्ट, काफिया फिल्मस्सु र दीप खड्का प्रोडक्सनको व्यानरमा निर्माण भैरहेको फिल्म ‘लिलिबिली’को प्रदर्शन मिति तय गरिएको छ। फिल्मका निर्माता तथा वितरक गोविन्द शाहीले यो फिल्म चैत्र ३० गते प्रदर्शनमा आउने समाचारको पुष्टि गरेका छन्। उनका अनुसार पुर्व निर्धारित मितिमा फिल्म आउने / नआउने प्रकारका गसिपहरु बाहिर आईरहँदा निर्माण टिमले यो बीचमा फिल्मलाइ अर्को बर्षको बैशाखमा रिलिज गर्ने मनस्थिती बुनेको थियो। तर पुर्वनिर्धारित मितिसम्म प्रदर्शनका लागि फिल्म पूर्ण रुपमा तयार हुने भएपछी यो मितिलाई तय गरिएको हो।

यो फिल्म यतिबेला बेलायतको विभिन्न स्थानमा छायाँकन भईरहेको छ। फिल्मको ५५ प्रतिशत छायाँकन सकिएको निर्माण टिमले जानकारी दिएको छ। मिलन चाम्स यो फिल्मका निर्देशक हुन्। यो फिल्ममा मिलन चाम्स, गोविन्द शाही र सुदिप खड्काले संयुक्त रुपमा लगानी गरेका छन्। फिल्ममा प्रदिप खड्का, जसिता गुरुङ, प्रियंका कार्की र अनुपबिक्रम शाहीको मुख्य भूमिका छ।

SUBSCRIBE 👉