केकी को ठेकीमा दहि, नौनी खाने छ कोई ?


अभिनेत्री केकी अधिकारी अभिनित चलचित्र ‘हुर्रे’को ‘ठेकीमा दही’ बोलको गीत सार्बजनिक गरिएको छ। गीतको भिडियोमा फिल्मका कलाकार केकी संगै अंकीत खड्का, राजाराम पौडेलको रमाईलो नृत्य हेर्न सकिन्छ। राजनराज सिवाकोटी र मिलन अमात्यको स्वर रहेको सार्वजनिक गीतमा राजेन्द्र थापाको शब्द तथा राजनराज सिवाकोटीको संगीत सुन्न सकिन्छ। यम थापाले निर्देशन गरेको ‘हुर्रे’मा केकी अधिकारी, अंकीत खड्का, राजाराम पौडेल, अनुपविक्रम शाही, विजय बराल, प्रकाश घिमिरे लगायतका कलाकारको मुख्य अभिनय रहेको छ। डार्क कमेडी जनरामा बनेको यो चलचित्र फागुन २५ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा छ।

SUBSCRIBE 👉