स्टुपिड हुन पाउँदा खुशी छन् नायक लुइँटेल


Jiwan Luitel
ग्ल्यामर नेपाल, काठमाडौं। नेपाली फिल्म क्षेत्रमा अभिनेता जीवन लुँइटेललाई चकलेटी हिरोका रुपमा चिनिन्छ। अर्का नायक आर्यन सिग्देल पछि सम्भवत लभर ब्वाईको रुपमा चिनिने कलाकार जीवन नै हुन्। चकलेटी र लभर ब्वाईको उपाधि पाउँदा पाउँदै पनि यी नायक आफुलाई ‘स्टुपिड’को रुपमा चिनाउँछन्। राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा अभिनेता लुँइटेलले आफु स्टुपिड हुन पाउँदा खुशी व्यक्त गर्दैथिए।

‘स्टुपिड भएर आम दर्शकमाझ प्रस्तुत हुन लाग्दा अत्यन्त खुशी लागेको छ,’शुभ फिल्मस् प्रालिको व्यानरमा निर्मित फिल्म ‘स्टुपिड मन’का नायक जीवन फिल्मको तारिफ गर्दै भन्दैथिए,‘नाम स्टुपिड भएपनि फिल्म इन्टेलिजेन्ट नै छ।’ फिल्ममा देखिने भर्जिन लोकेशन, सुमधुर संगीत, निर्माताको लगानी र निर्देशकको कामले गर्दा फिल्मले राम्रो व्यापार गर्नेमा आशा व्यक्त गरे।

फिल्मका प्रस्तुतकर्ता तथा नायक निरज बरालले आफुहरुले राम्रो र स्तरीय उत्पादन निकालेकाले दर्शकले मनपराईदिनेमा विश्वास व्यक्त गरे। थाइल्याण्डको फुटेकमा ४५ दिन लगाएर गरिएको सुटिङ प्रभावकारी हुनेमा उनको विश्वास थियो।

jiwan-luitel-niraj-baralनिर्देशक दिवाकर भट्टराईले फिल्मका हरेक पक्ष मेहनतपूर्ण तरिकाले बनेकाले फिल्मले दर्शकको मन छुने दाबी गरे। ‘फिल्ममा नयाँ क्यानभास प्रयोग गरिएको छ, त्यसकारण पनि आम नेपाली फिल्म भन्दा यो फिल्म अलिक भिन्न छ।’ भट्टराईले भने। कार्यक्रममा फिल्मको फष्टलुक, ट्रेलर र शीर्ष गीतको फोटोलुक सार्वजनिक गरिएको थियो।

*फिल्मको फष्टलुक पोस्टर हेर्न यहाँ क्लिक गर्नुहोस्।      *ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस् ।

रोजगारीको सिलसिलामा थाइल्याण्ड पुगेको नेपाली युवकले त्यहाँ रहेकी बर्माकी नेपाली भाषीसँग प्रेम गर्दा आउने उतारचढाव र थाइल्याण्डको आप्रवासमा रहेका नेपालीको अवस्थालाई फिल्मले समेटेको छ। चाँदनी शर्मा, रिजु श्रेष्ठ र मार्टिन खानको समेत अभिनय रहेको फिल्ममा सामिप्यराज तिमल्सेनाको पटकथा, अर्जुन पोखरेल र करुणराज कार्कीको संगीत, अञ्जु पन्त, स्वरुपराज आचार्य, सनुप पौडेल, दुर्गा खरेल, करणराज कार्की र राज सिग्देलको स्वर, दयाराम पाण्डे, अर्जुन पोखरेल, दिवाकर भट्टराई र करणराज कार्कीको शब्द, अष्ट महर्जनको द्वन्द्व, दीर्घ खड्काको सम्पादन र सञ्जय लामाको छायांकन रहेको छ। फिल्म भदौ २० बाट अल नेपाल रिलिज हुँदैछ।

SUBSCRIBE 👉